मेलबर्न । अष्ट्रेलियाको पीआर भिसा पाउनेको संख्या १० वर्ष यताकै न्युन रहेको छ । सरकारले सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार, २०१८-१९ मा दश वर्ष यताकै न्युन संख्यामा पीआर भिसा जारि भएको छ ।

२०१८-१९ मा १ लाख ९० हजार सिलिङ्ग भएकोमा १ लाख ६० हजार ३ सय २३ मात्र पीआर भिसा प्रदान गरिएको छ । तथ्यांक अनुसार, यो संख्या १० वर्ष यताको सबैभन्दा न्युन हो । विगत दुई वर्ष देखि विदेशी विद्यार्थी र स्किल्ड कामदारलाई पीआर भिसामा अझ बढी कडाइ भएको बताइन्छ ।

सरकारले रिजनल क्षेत्रलाई प्राथमिकता दिएका कारण पीआर भिसाको संख्यामा कमि आएको बताइन्छ । त्यसैले समग्र पीआर भिसाको संख्यामा गिरावट हुँदा रिजनल स्पोन्सड माइग्रेसन स्किम अन्तरगतको पीआर भिसामा भने ४४ प्रतिशतले वृद्धि भएको छ ।

2018-19 Migration Program – Outcome as of 30 June 2019

Stream and Category Outcome
Skill Stream  
Employer Sponsored 42,012
     Regional Sponsored Migration Scheme 8,987
     Employer Nomination Scheme 33,025
General Skilled Migration 60,240
  Skilled Independent 34,247
  State/Territory Nominated 25,993
Distinguished Talent 200
Business Innovation and Investment 7,261
Skill Total 109,713
Family Stream  
Partner 39,918
Parent 6,805
Other Family 524
Family Total 47,247
Special Eligibility 115
Child 3,248
Total 160,323

source : SBS News

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments