उपप्रधान एवम् गृहमन्त्री बामदेव गौतमले चीनले नेपालमा दुई पक्षीय लगानी सम्बन्धी बिप्पा सम्झौता गर्न चाहेको बताउनुभएको छ ।

एक साता लामो चीन भ्रमण सकेर आज स्वदेश फर्कनुभएका गौतमले अन्र्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै चीन सरकारले आफ्नो भ्रमणका क्रममा नेपालसँग बिप्पा सम्झौता र सुपुर्दगी सन्धी गर्न औपचारिक प्रस्ताव अघि सारेको जानकारी दिनुभयो । चीनियाँ पक्षले दुई पक्षीय लगानी सम्बन्धी बिप्पा सम्झौता गर्नका लागि प्रस्ताव चीनले राखेको उक्त प्रस्तावबारे नेपालले विचार गर्ने जवाफ दिएको उहाँको भनाई छ । चीन सरकारले सशस्त्र प्रहरी बलको प्रतिष्ठान बनाउन आर्थिक र भौतिक सहयोग गर्ने, नेपाल प्रहरीको सञ्चार विकासमा पनि चीनले सघाउने इच्छा व्यक्त गरेको उहाँले जानकारी दिनुभयो ।

Comments