जिलोंग । अष्ट्रेलियाको जिलोंगमा तीज साँझ २०१९ भव्यताका साथ सम्पन्न भएको छ । जिलोंग एसोसिएसन नेपालले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

बालबालिका, आमाहरुका लागि फरक-फरक स्टलहरु समेत राखिएको ‘तीज साँझ’ मा करिब २ सय जना सहभागी भएको आयोजकले जनाएका छन् । कार्यक्रममा ‘बुवाहरु मुख हेर्ने’ पर्व समेत मनाइएको थियो । कार्यक्रमलाई विशेष सुरक्षाको व्यवस्था गरि व्यवस्थित र सभ्य बनाइएको थियो ।

जिलोंग तीज साँझ २०१९ मा मेहेन्दी, पेंटिंग बिक्रि, गोल्ड कोइन डोनेसन पनि रहेको थियो । कार्यक्रमबाट उठेको रकम ‘वि अल रोटेट’ मार्फत सामाजिक सेवामा खर्च गरिने आयोजक संस्थाका अध्यक्ष निरज करणजीतले बताउनुभएको छ । सबैको सहयोगका कारण नै कार्यक्रम उत्साहजनक भएको भन्दै उहाँले कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सम्पूर्ण सहभागी, प्रायोजक तथा सम्पूर्ण संघ संस्थालाई धन्यवाद दिनुभएको छ ।

 

Comments