मेलबर्न । कम्प्युटर इञ्जिनियरिङ्ग पढ्ने विद्यार्थीहरुको जमात बढ्दो छ । यो विषय प्रयोगात्मक हुनु र यस क्षेत्रमा करियरको राम्रो अवसर हुनाले विद्यार्थीहरुलाई आकर्षित गरेको मान्न सकिन्छ ।

अष्ट्रेलियाका युनिभर्सिटी अफ मेलबर्न, कर्टन युनिभर्सिटी, युनिभर्सिटी अफ ने कसल र ल ट्रोब युनिभर्सिटीमा कम्पुटर इञ्जिनियरिङ्गको पढाइ हुन्छ । यहाँ इन्फर्मेसन टेक्नोलोजी डिपार्टमेन्ट, फ्याकल्टी अफ साइन्स एण्ड स्कुल अफ इञ्जिनियरिङ्ग अन्तर्गत कम्पुटर इञ्जिनियरिङ्ग कोर्सको पढाइ हुन्छ ।

स्नातक तहमा भर्नाको लागि कक्षा १२ सम्मका सर्टिफिकेटहरु र आईएलटिएसमा ६ देखिमाथि ल्याएको हुनुपर्छ ।

क्याम्पस भर्ना र पढाइ शुल्क युनिभर्सिटीको नियम अनुसार फरक फरक हुनसक्छ । यस कोर्सको लागि युनिभर्सिटीका विभिन्न छात्रवृत्ति योजना पनि हुन्छन् । तर ती निकै प्रतिस्पर्धात्मक हुन्छन् । युनिभर्सिटिको वेबसाइटमा गएर छात्रवृत्ति योजनाबारे बुझ्न सकिन्छ ।

अष्ट्रेलियामा सबैभन्दा बढी माग इन्फर्मेसन टेक्नोलोजी र सफ्टवेयर म्यानेजमेन्टमा रहेको छ । कम्पुटर इञ्जिनियरिङ्गहरुको आम्दानी औसतमा वार्षिक ५०,००० देखि १,००,००० डलर सम्म हुन्छ । कामको अनुभव र कार्यदक्षता अनुसार यो दर अझ बढ्न सक्छ । कम्प्युटर सिस्टम इन्टिग्रेसन र कम्प्युटर नेटवर्क इञ्जिनियरिङ्गलाई विशेष विषय छनोट गरेकाहरुले अष्ट्रेलियामा अझ छिटो काम पाउने सम्भावना रहन्छ ।

युनिभर्सिटी वा कलेजको सहायता, कम्पनीका वेबसाइट, एजेन्सीहरु आदि माध्यमबाट जागिरको बारेमा थाहा पाउन सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments