कन्सोर्सियम पावर डेभलपर्स प्रा.लि. (सि.पि.डि) ले प्रवर्धन गर्दै हाल निर्माण गर्न लागेको २४.१ मे.वा. जडित क्षमताको खारेखोला जलविद्युत आयोजनामा १० वाणिज्य वैंकहरुले २ अर्व ९४ करोड रुपैया कर्जा लगानी गर्ने वारे प्रवर्धक कम्पनि र वैंक विच मिति २०७१÷०७÷४ गते काठमाण्डौंमा सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौतामा हस्ताक्षर भएपश्चात सि.पि.डि.का अध्यक्ष ई. लाल कृष्ण केसी र माछापुच्छ्रे वैंक लिमिटेडका प्रमुख कार्यकारि अधिकृत श्री तुलसीराम गौतमबिच सो सम्झौता आदान प्रदान गरियो । वैंकहरुद्धारा कर्जा लगानी गर्ने आज सम्पन्न यस सम्झौताले आयोजनाको निर्माण कार्य अघी बढने एकिन भएको छ । माछापुच्छ्रे बैंकको नेतृत्वमा एवं नविल वैंक र एभरेष्ट वैंकको सह–नेतृत्वमा अन्य बैंकहरु ग्लोवल आई.एम.ई, नेपाल एस बीं आई, नेपाल क्रेडिट एण्ड कमर्स, कुमारी बैंक, बैंक अफ काठमाण्डु, सिद्धार्थ बैंक र नेपाल बङ्गलादेश बैंक ले सह वित्तियकरणमा लगानी गरेका छन् । आयोजनाको लगानी संरचना अनुसार कुल लागत ३ अर्व ९२ करोड मध्ये ७५ प्रतिशत वैंकको र २५ प्रतिशत प्रवर्धकको लगानी रहने छ । आयोजनाको स्वलगानी सि.पि.डि.ले व्यवस्था गर्ने छ । खारेखोला जलविद्युत आयोजना, दोलखा जिल्ला मार्वू तथा चंखु गा.वि.स. मा अवस्थित छ ।

अध्ययन अनुसार आयोजनाबाट वार्षिक १३ करोड ९२ लाख २२ हजार युनिट विद्युतीय उर्जा उत्पादन हुनेछ ।

Comments