एजेन्सी । शक्तिशाली समुद्री आँधी डोरियनका कारण बहमासको जनजीवन प्रभावित भएको छ ।

डोरियन आँधीका कारण बहमासको उत्तर–पश्चिमी क्षेत्रमा बढी प्रभाव परेको छ । हाल यो आँधी क्याटगोरी फाइभको रहेको जनाइएको छ ।

आँधीका कारण २८५ किलोमिटर प्रति घण्टाको गतीमा हावा चलेको छ । आँधीले गर्दा बहमासमा ल्याण्डफल भएको छ । अमेरिकाको नेशनल हरिकेन सेन्टर (एनएचसी) का अनुसार डोरिना आँधी अति खतरनाक रहेको जनाएको छ ।

आधुनिक समयमा सो क्षेत्रमा आएको यो सबैभन्दा भयानक आँधी रहेको एनएचसीले उल्लेख गरेको छ । आँधीको मार्गमा पर्ने बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । आँधीका कारण २३ फिटसम्म अग्लो समुद्री छाल आउन सक्ने जनाइएको छ ।

Comments