एजेन्सी । काग्लियारीमा रंगभेदी दूव्र्यवहारको सिकार हुनु परे पनि इटालियन सिरी ‘ए’को खेलमा गए राति इन्टरको जितमा विजयी गोल गर्न सफल भएकोमा रोमेलु लुकाकुले खुसी व्यक्त गरेका छन्।

गए राति काग्लियारीमाथि २–१ को जित हासिल गर्दा लुकाकुले समय सकिन १८ मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीलाई विजयी गोलमा परिणत गरेका थिए। म्यानचेस्टर युनाइटेडबाट आएयता लुकाकुले इन्टरका लागि दुई गोल गरिसकेका छन्। तर आइतबार इन्टरको जितलाई लुकाकुमाथिको रंगभेदी दुव्र्यवहारले छायाँमा पारेको थियो।

‘लिगका पहिलो दुई खेलमा हासिल गरेको जितबाट म अत्यन्तै खुसी र उत्साहित छु। यो अत्यन्तै कठिन खेल थियो, तर हामीले पूरा समय आफूलाई विचलित हुन दिएनौं,’ लुकाकुले भने, ‘म आफ्नो गोल र टिमको जितमा खुसी छु। अहिले अरु विषयमा ध्यान मोडन चाहन्न।’

लाउटारो मार्टिनेजले २७ औं मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए। तर लुकाकुले विजयी गोल गर्नुअघि जोआवो पेड्रोले ५० औं मिनेटमा काग्लियारीका लागि बराबरी गोल गरेका थिए।

Comments