काठमाडौं । दश वर्षदेखि बन्द रहेको पशुपतिनाथ मन्दिरको पूर्वी ढोका सर्वसाधारणका लागि खुल्ला गरिएको छ।

पशुपतिनाथ क्षेत्र विकास कोषका अनुसार २०६५ सालदेखि सर्वसाधारणका लागि बन्द गरिएको पूर्वी ढोका आज तीजको अवसरमा खुला गरिएको हो। उक्त ढोका लामो समयदेखि मन्दिरमा जल ल्याउनका लागि मात्र प्रयोग गर्दै आइएको थियो।

दर्शनार्थीको सहजताका लागि पूर्वी ढोका खोलिएको विकास कोषले जनाइएको छ। आज तीजमा भक्तजनहरूको सुरक्षालाई मध्यनजर गर्दै चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ।

आधा घण्टादेखि बढीमा दुई घण्टाभित्र भक्तजनले दर्शन गरिसक्ने गरी स्वयंसेवकलगायत सुरक्षाकर्मी र कर्मचारीलाई परिचालन गरिएको कोषले जनाएको छ।

पहिलो बाटो प्रयोग गर्नेहरूले गुहृयेश्वरी(गौरीघाट(उमाकुण्ड(दक्षिणामूर्ति(रुद्रगाडेश्वर(वासुकी हुँदै उत्तर ढोकाबाट पशुपतिनाथ मन्दिरभित्र, दोस्रो बाटो जयवागेश्वरी(भुवनेश्वरी(शंकराचार्य मठ हुँदै फलामेपुल(पश्चिम सानो ढोकाबाट मन्दिर प्रांगणमा प्रवेश गर्नेगरि व्यवस्था मिलाइएको छ।

यस्तै तेस्रो बाटोको रुपमा एयरपोर्टतर्फबाट(पिंगलास्थान(वनकाली(चार शिवालय हुँदै पञ्चदेवल पूर्व(बज्रघर(दक्षिण ढोकाबाट भित्र प्रवेश र बाटोको रुपमा चौथो लाम बत्तीसपुतली(गौशालातर्फबाट पिंगलास्थान(वनकाली(चार शिवालय हुँदै पञ्चदेवल पूर्व(बज्रघर(दक्षिण ढोकाबाट मन्दिर प्रांगणमा प्रवेश गर्ने व्यवस्था मिलाइएको विकास कोषले जनाएको छ।

दर्शनका लागि लाइनमा रहेका भक्तजनहरूले पनि यस पाली सहज रुपमा दर्शन गर्न पाइएको र लामो समयसम्म लाइनमा बस्नु नपरेको प्रतिक्रिया दिएका छन्।

Comments

comments