एकीकृत नेकपा माओवादी नेतृत्वको २२ दलीय गठवन्धनले आगामि १० गते काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

एकीकृत माओवादीका सचिव वर्षमान पुनले आज एक विज्ञप्ति जारी गर्दै कात्तिक १० गते काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गर्ने जनाउनुभएको छ । नेपाल सम्वत् ११३५ र छठ, इद, बलिहाङ, तङनाम ल्होसारलगायत राष्ट्रिय पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान समारोहको आयोजना गरिने पुनले जानकारी दिनुभयो । त्यस्तै २२ दलीय गठबन्धनले देशका विभिन्न स्थानमा जनसभा गर्ने भएको छ । सहमतिका आधारमा संविधानका अन्तरबस्तु मिलाउनुपर्ने माग राख्दै आएका एकीकृत माओवादीसहित २२ दलको मोर्चाले कात्तिक १८ गते पाँचथरको फिदिममा, २२ गते धनुषाको जनकपुरमा र २ गते कैलालीको धनगढीमा जनसभाको आयोजना गर्ने जनाएका छन् ।

Please follow and like us:

Comments