मेलबर्न । अष्ट्रेलिया सरकारले भिसाको लागि फेरी अर्को कडा नीति अपनाउने भएको छ ।

घरेलु हिंसा, यौन हिंसा, हतियार बोकेको आदि आरोप लागेका व्यक्तिहरुको सुरुमा भिसा आवेदन स्वीकार नभएतापनि केही समय पछि, चरित्र सुधार भएको आधारमा, क्षमायाचना गरेको आधारमा भिसा पाउँदै आएका थिए । तर, अब भने त्यस्तो किसिमको कुनै पनि आरोप लागेका, त्यस्ता घटनामा संलग्न पाइएका व्यक्तिहरुले भिसा नपाउने भएका छन् ।

यौनजन्य हिंसा, घरेलु हिंसा, हतियार बोकेका आदि घटनामा संलग्न व्यक्तिले दुई वर्ष या सो भन्दा माथीको जेल सजाय पाउनेछन् र उनीहरु भिसाको लागि योग्य मानिने छैनन् । त्यस्तै, यदि ती अपराधमा पहिले संलग्न भएको पाइएका व्यक्तिहरुले दुई वर्ष या सो भन्दा कम सजाय अथवा जेल सजाय नै नभोगेको भएतापनि उनीहरु अब भिसाको लागि योग्य मानिने छैनन् ।

यो नियमको प्रस्ताव संसदमा पुगेको छ र छिट्टै लागु हुने बताइएको छ । प्रस्तावित यो नियम पास भइ पारित भएमा हजारौं आप्रवासी देश निकाला हुन सक्ने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले यति नै देश निकाला हुनेछन् भनि यकिन संख्या नतोके पनि यो संख्या अत्यन्तै धेरै हुने अनुमान गरिएको छ । Source : SBS News 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments