मेलबर्न । आमा बुवा हाम्रो जीवनका जन्मदाता मात्र होइन मार्गदर्शक पनि हुनुहुन्छ । हामी आज जे छौं, उहाँहरुको देनको कारणले त छौं । बुवाको मुख हेर्ने दिन अर्थात कुशे औंशी नजिकिंदै छ । यो विशेष दिन हामीलाई यहाँसम्म ल्याईपुर्याउने बुवालाई विशेष महसुस गराउने अवसर पनि हो ।

प्रविधिको सदुपयोग गर्दै यो वर्षको कुशे औंशीमा अष्ट्रेलिया, अमेरिका, लगायत देशमा बसोवास गरिरहेकाहरुका लागि केक टु नेपालले नयाँ अवसर ल्याइदिएको छ । केक टु नेपालबाट सजिलै संग एक क्लिकमै नेपालमा उपहार तथा केक पठाउन सकिन्छ ।

आमाबुवा र सन्तानकाबीचमा कुनै दुरी हुँदैन भन्ने अवधारणा अनुसार विशेष गरी अष्ट्रेलिया,जापान,बेलायत र अमेरिका लगायतका मुलुकहरुमा रहेकाहरुले बुवाको मुख हेर्ने दिन आफ्ना बुवालाई विभिन्न उपहारहरु अनलाइन बुकिङ मार्फत पठाउन सकियोस् भनेर विशेष प्याकेज ल्याइएको केक टु नेपालले जनाएको छ । यस प्याकेज अन्तर्गत विभिन्न उपहारहरु समावेश छन् । आवश्यकता र बजेट अनुसार ती प्याकेजहरु छनौट गरेर बुकिङ गर्न सकिनेछ ।

अष्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको केक टु नेपालले काठमाडौं उपत्यकासहित पोखरा, चितवन, बुटवल र नेपालका प्रमुख शहरहरुमा होम डेलिभरी सेवा उपलब्ध गराउदै आएको छ । केक टु नेपालको अफिसियल वेवसाइट वा फेसबुक पेजमा गएर प्याकेज र मूल्यका बारेमा जानकारी लिन सकिनेछ ।

 

Comments

comments