मेलबर्न । जीवनमा केही बन्नुपर्छ भन्ने मान्यता राख्ने हामी संघर्षमा हतोत्साही हुन्छौं । जसले गर्दा अप्रिय घटनाहरु समेत घट्ने गर्छन् । विदेश गएका विद्यार्थीमा नैराश्यता बढेका कुराहरु बाहिरिरहेका छन् । यस्तो अवस्थामा सकारात्मक संदेश सहित सबैको मनोबल बढाउने गरि एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अष्ट्रेलियाको मेलबर्नमा रहेर पढ्दै गरेका नेपाली विद्यार्थी कपिल सापकोटाले उक्त म्युजिक भिडियो ‘बिलिन बुद्धि’ ल्याएका हुन् । अध्ययन र कामको व्यस्तता र संघर्षको बीचमा आफ्नो रुचीलाई समेत निरन्तर अगाडी बढाइरहेका उनी आफै पनि विद्यार्थीहरुको लागि एक प्रेरणा हुन् ।

‘बिलिन बुद्धि’ मा कपिल सापकोटा र सन्तोषको शब्द रहेको छ । मेक मनि रेकर्डले उक्त म्युजिक भिडियो निर्माण गरेको हो ।

भिडियो :

Comments