मेलबर्न । अष्ट्रेलियामा एयरपोर्टका कामदारहरुले आन्दोलनको घोषणा गरेका छन् । तलब वृद्धि, सेवा सुविधा तथा सुरक्षाको माग गर्दै कर्मचारीहरुले आन्दोलन गर्ने भएका हुन् ।

कर्मचारीहरुले बुधबार आन्दोलन गर्ने बताएका छन् । उनीहरुका अनुसार, आन्दोलनमा कम्तिमा २ सय कर्मचारी सहभागी हुनेछन् । आन्दोलन अष्ट्रेलियाका पाँच सहरमा एक घण्टा चल्नेछ ।

पर्थ, एड्लेडमा आन्दोलन बिहान ११ बजे देखि, सिड्नीमा दिउँसो १२:१५ बजे देखि र मेलबर्नमा दिउँसो १ बजे देखि सुरु हुने बताइएको छ । कर्मचारी संघले आन्दोलनका कारण फ्लाइटमा असर नपरोस् भन्नेमा आफूहरु सचेत रहेको बताएका छन् । Source : 7 News

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments