काठमाडौं । सिंहदरबार भित्र एक नायव सुब्बा मृत अवस्थामा फेला परेका छन् । राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसी कार्यालयमा मृत अवस्थामा फेला परेका हुन् । मृतक केसीले कार्यालयभित्रै विष सेवन गरेको आशंका गरिएको छ ।

प्रहरीले मृत्यु अघि उनले लेखेको सुसाइड नोट फेला पारेको छ ।  नोटमा श्रीमतीको नाम लिएर ‘थोरै अंश पाइयो भनेर चिन्ता नगर्नू ।कसैका कारण आत्महत्या गरेको होइन । पत्रकार वा अन्यले अर्को अर्थ नलगाउन् ‘ भन्ने लेखिएको बताइएको छ । सुसाइड नोटलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइनेछ । उनको शव भेटिएको ठाउँ नजिकै धान, गहुँको बालीमा प्रयोग गरिने एक किसिमको किटनाशक औषधिको खोल भेटिएको छ ।

राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा तत्कालिन राजदबारमा कार्यरत कर्मचारी थिए । राजदबारपछि सामान्य प्रशासन र परराष्ट्रको पासपोर्ट शाखा हुँदै राष्ट्रिय योजना आयोगमा नायब सुब्बाको रुपमा कार्यरत थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments