मेलबर्न । अष्ट्रेलियावासी नेपालीहरु आफ्नो देशको कला तथा संस्कृतिको संरक्षण तथा प्रबर्द्धनको लागि सधै अग्रसर रहन्छन् । नेपालको सुदुर पश्चिममा मनाइने गौरा पर्व अष्ट्रेलियावासी नेपालीले धुमधामका साथ मनाउने भएका छन् । फार वेस्टर्न नेप्लिज सोसाईटी अफ भिक्टोरीयाले गौरा फेस्टिभल २०१९ को आयोजना गरेको हो ।

गौरा फेस्टिभलमा नेपाल आइडल सिजन २ का विजेता रवि ओडको प्रस्तुति रहने आयोजकले बताएका छन् । यसको साथै गौरा फेस्टिभलमा सांस्कृतिक महत्व झल्किने कार्यक्रम रहनेछन् ।

गौरा फेस्टिभल २०१९ आगामी अगस्ट २४ मा Estonia House 43 Melville Road हुनेछ । कार्यक्रम बेलुका ५ बजे देखि सुरु हुनेछ ।

Comments