काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनाव पछि आफूलाई पदमा बस्न मन नभएको बताउनुभएको छ ।

आइतवार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुनियामा कोही कसैको पद पनि स्थायी नरहने भन्दै आगामी चुनावपछि आफूलाई पनि बस्न मन नभएको बताउनुभयो । यो कार्यकालमा सरकारलाई कसैले केही गर्न नसक्ने भन्दै उहाँले विरोधीहरुलाई अर्को चुनावसम्म धैर्य गर्न आग्रह गर्नुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले अहिले मुलुकमा नयाँ प्रणालीको अभ्यास भइरहेको बताउँदै यसमा पुरानो प्रणालीका पक्षधर पनि अटाएको उल्लेख गर्नुभयो । उहाँले संविधान निर्माण र कार्यान्वयले पूर्णता पाएको बताउनुभयो । बाँकी कानुन पनि यस संसदले बनाइसक्ने उहाले दावी गर्नुभयो । गत साता सिंगापुरमा उपचार गरेर फर्किएपछि प्रधानमन्त्री ओलीले आइतवार पहिलो पटक संसदमा सम्बोधन गर्नुभएको हो ।

Comments

comments