जीवनशैली डेस्क । धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने सबैलाई थाहा छ । तर पनि धुम्रपान गरेर पछुताउनेको संख्या कुनै कमी छैन । चुरोट छोड्न चाहने तर नसकेका पनि धेरै छन् । त्यसरी चुरोट छोड्न चाहनेले यी कुराहरुमा ध्यान दिन आवश्यक छ :

-चुरोट छोड्न चाहनेहरूले चुरोट पिउने मानिसबाट टाढै रहनुपर्छ ।

-चुरोट पिउने तलतल लाग्दा चिया, कफी तथा नास्ता खानु उपयुक्त हुन्छ ।

-किन चुरोट छोड्दैछु भन्ने विषयमा आफूले आफैंलाई सम्झिरहनुहोस ।

-अरूले तानेको देख्दा आफूलाई पनि तलतल लाग्यो भने आफैंले आफूलाई ‘केही मिनेट ढिलो गर्छु’ भन्नुहोस् । यस्तो चलाखीले पनि चुरोटबाट बिस्तारै टाढा बनाउँछ ।

-मनलाई नियन्त्रण गर्नुहोस् । आत्म अनुशासन कायम गर्दै कठोर हुनुहोस् ।

Comments

comments