मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा तीज मेला २०१९ हुनेभएको छ । इनाक्षी इन्टरटेनमेन्टले उक्त तीज विशेष कार्यक्रमको आयोजना गरेको हो ।

तीज म्युजिक भिडियोहरुसंगै पछिल्लो समयको चर्चित लोक गीत ‘गलबन्दी’को म्युजिक भिडियोबाट लोक्रियता हासिल गरेकी कलाकार अञ्जली अधिकारी कार्यक्रममा आफ्नो धमाकेदार प्रस्तुति दिनेछिन् । त्यस्तै, तीज तथा लोक गीतका लोकप्रिय गायिकाहरु जुना श्रीस, पूर्ण कला बिसी र सालको पातको टपरी हुनी, जिम्माल बाको आँगनीमा लगायत चर्चित गीतका गायक कुलेन्द्र बिकको प्रस्तुतिले कार्यक्रमलाई झनै विशेष बनाउनेछ ।

उक्त तीज विशेष कार्यक्रम अष्ट्रेलियाका १० ओटा सहरमा अगष्ट १५ देखि ३१ सम्म हुँदैछ । जस अन्तर्गत मेलबर्नमा हुने तीज मेला अगस्ट ३१ मा हुनेछ । तीज मेला मेलबर्न स्थित ४३ melville road estonion house मा बेलुका ६ बजे देखि हुनेछ ।

आयोजकका अनुसार, कार्यक्रममा लोकप्रिय कलाकारहरुको विशेष प्रस्तुतिको साथमा nepus crew को नृत्य संगै अन्य प्रस्तुति समेत रहनेछन् । त्यस्तै, पहिले आउने ३ सय दर्शकलाई फ्री ड्रिंक्स लगायत विभिन्न गिफ्ट ह्याम्पर्स समेत रहनेछ ।

तीज मेलालाई ग्रेस इन्टरनेशनलले मूख्य प्रायोजन गरेको छ ।

Comments