काठमाडौं । प्रहरीले पक्राउ गरेसँगै कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्कबहादुर खत्रीलाई पदबाट बर्खास्त गरिएको छ ।

खत्रीलाई बैंकिङ कसुरको आरोपमा बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउलगत्तै प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खत्रीलाई बर्खास्त गरेका थिए ।

यसअघि २८ साउनमा उच्च अदालत पाटनले खत्रीलाई तीन दिनभित्र पक्राउ गरि अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

कृषि विकास ब्याङ्क मुख्य शाखा कार्यालय काठमाडौंका कामु शाखा प्रबन्धक गोकुल प्रसाद पनेरुले दायर गरेको ब्याङ्किङ कसूर मुद्दामा अन्य प्रतिवादीहरू पक्राउ परे पनि खत्री र राजुप्रसाद श्रेष्ठ फरारको सूचीमा थिए ।

न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सोमबार प्रतिवादी खत्रीलाई ३ दिनभित्र अदालतमा पेश गर्न आदेश दिएको थियो ।

Please follow and like us:

Comments