संचारकर्मी रवि लामिछाने पक्राउ परेका छन्। पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका लामिछानेलाई प्रहरीले बिहिबार साँझ न्यूज २४ को कार्यालयबाटै पक्राउ गरेको हो ।

लामिछानेसँगै सोही टेलिभिजनमा कार्यरत पत्रकार युवराज कँडेललाई पनि प्रहरीले पक्राउ गरेको छ।

पुडासैनीले भिडियोमा आफूलाई आत्महत्याका लागि लामिछानेसहित तीन जनाले दुरुत्साहन गरेको आरोप लगाएका छन्। यसअघि पुडासैनीले आरोप लगाएका तीनमध्ये अस्मिता कार्कीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।

 

Please follow and like us:

Comments