काठमाडौँ । अहिले अधिकांश नेपाली युवाहरुमा विदेश मोह निकै बढेको छ । जसरी पनि विदेश जाने नेपाली युवाहरुको त्यही मानसिकताको फाइदा उठाउदै ठगी गर्ने गिरोह सक्रिय रहेको प्रहरीको भनाइ छ ।

ठगहरुले ठग्ने तरिका पनि नयाँ–नयाँ अपनाउन थालेका छन् ।

ठगीको यही शृङ्खलाको पछिल्लो शिकार बनेका छन्, अष्ट्रेलियाको पिआर पाउने सपना देखेका चार जना युवा । ती चार जना युवालाई एउटै युवती प्रयोग गरेर एक कन्सल्टेन्सीका सञ्चालकले ठगी गरेका हुन् ।

अष्ट्रेलियाको पर्मानेन्ट रेसिडेन्ट कार्ड पीआर भएकी एक युवतीलाई प्रयोग गर्दै ४ युवालाई ठगी गरेको अभियोगमा पुतलीसडकस्थित क्वीन्सल्यान्ड कन्सल्टेन्सीका सञ्चालक मोरङ विराटनगरका ४० वर्षीय मणि निरौलालाई प्रहरीले केही दिनअघि पक्राउ गरेको छ ।

निरौलाले ती युवतीलाई प्रयोग गर्दै ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले शुक्रबार राती निरौलालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोलीले निरौलालाई पुतलीसडकबाट पक्राउ गरेको हो ।

उनले ती पीआरधारी युवतीलाई देखाउँदै ४ जना व्यक्तिलाई अष्ट्रेलिया पठाइदिन्छु भन्दै प्रतिव्यक्ति १५ लाखको दरले ६० लाख ठगी गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाइ छ ।

मणिले ती युवती अष्ट्रेलियाको पीआर होल्डर हो भन्दै आफ्नै कन्सल्टेन्सीमार्फत् डिपेन्डेन्ट भिषामा अष्टेलि«या पठाइदिन्छु भन्दै ठगी गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ ।

Comments

comments