पूर्व अष्ट्रेलियन प्रधानमन्त्री गफ व्हीटलमको  ९८ बर्षको उमेरमा निधन भएको छ | व्हीटलमको निधन बारे परिवारले एक बिज्ञप्ति जारि गर्दै आज बिहान ९८ बर्षको उमेरमा निधन भएको उल्लेख गरेका हुन् | उनि अष्ट्रेलियाका २१ औं प्रधानमन्त्री हुन् |

3959976-3x4-340x453

 

निकै विवादस्पद राजनीतिक माहौलमा रहेको ततकालिन अष्ट्रेलियन राजनीतिमा सन् १९७२ देखि १९७५ सम्मको  व्हीटलमको कार्यकाल निकै चुनौती पूर्ण रहेको थियो | आफ्नो कार्यकालमा आदिवासी भुमि अधिकार, चीन संगको कुटनीतिक समबन्ध सुधार, विश्वब्यापी स्वास्थ्य हेरचाह , निशुल्क विश्वविद्यालय पहुँच, बिनाकारण हुने सम्बन्ध बिच्छेदमा रोक, सैन्य भर्तिमा रोक र भियतनामबाट अष्ट्रेलियन सैन्य शक्ति फिर्ता गराउने जस्ता निर्णय अघि सारेका उनलाई १९७५ मा पदबाट बर्खास्त गरिएको थियो |  चुनौतीपूर्ण नेतृत्व सम्हालेका उनले  राष्ट्रको आर्थिक र संस्कृतिक सुधारमा अग्रसर रहेकाबेला  गभर्नर जनरल जोन केरले संबैधानिक संकट देखाउंदै पदबाट बर्खास्त गराएका थिए |

पूर्व प्रधानमन्त्री गफ व्हीटलमको निधनमा देशभर राष्ट्रिय झन्डा आधा झुकाउन प्रधानमन्त्री टोनी एबोटले निर्देशन दिएका छन् | एबोटले  “गफ व्हीटलम” आफ्नो कार्यकालका “विशाल व्यक्तित्व” भएको बताएका छन् | “गफ व्हीटलमले अष्ट्रेलियन लेबर पार्टीलाई संगठित गरेका थिए | जसले दुइ पटक सम्म अष्ट्रेलियाको इतिहासमा बिजयको झन्डा फहराए, आफ्नै पार्टी भित्रका युवालाइ जनताका निम्ति समर्पित हुन प्रेरित गरे | जो उनको जीवन भन्दा पनि महत्वपूर्ण रह्यो |” प्रधानमन्त्री एबोटले भनेका छन् |

बिपक्षि नेता बिल सर्टनले भनेका छन् ” लेबर पार्टीका लागि सबैभन्दा ठुलो क्षति ” र देशले राष्ट्रिय गाथा नै गुमाएको छ ||

एबिसी न्युजले  तयार पारेको पूर्व अष्ट्रेलियन प्रधानमन्त्री गफ व्हीटलमको  जीवनी समेटिएको यो  भिडियो पनि हेर्नुहोस् :- 

सर्वाधिकार : ABC-NEWS 2010

Please follow and like us:

Comments