मेलबर्न । पढाइ तथा अवसरको खोजीमा नेपालमा रहेको परिवारसंग टाढा भएर अष्ट्रेलिया बस्नेहरुको संख्या बढिरहेको छ । परिवारसंग टाढा रहँदा सम्झना त हुन्छ नै, विशेष दिन, चाडपर्वले अझ मन खल्लो बनाइदिन्छन् ।

केही दिन मात्र बाँकी रहेको रक्षाबन्धनमा दिदीभाई तथा दाजुबहिनी एकअर्कासंग टाढा रहँदा समग्र परिवारको लागि नै पर्व नरमाइलो बनिदिन्छ । तर, ‘केक टु नेपाल’ले अब यो नरामाइलोपन र खल्लोपनलाई मेटीदिनेछ । केक टु नेपालले रक्षाबन्धनको लागि विशेष प्याकेज लिएर आएको छ । जसमा आफूले चाहेको उपहार पठाउन सकिन्छ र उपहार पठाउँदा राखी फ्री राखिएको छ । उपहार र राखी संगै राखी स्पेसल केकले रक्षाबन्धनलाई अझ विशेष बनाइदिनेछ ।

 

अष्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको केक टु नेपालद्वारा अष्ट्रेलिया,जापान,बेलायत र अमेरिका लगायतका देशहरुबाट नेपालमा रहेको आफ्नो घरमा केक तथा उपहारहरु पठाउन सकिन्छ ।

अनलाइन सर्भिसमा आधारित केक टु नेपालले रक्षाबन्धन विशेष उपहार प्याकेज लिएर आएको छ । जसअन्तर्गत राखी, चकलेट र विभिन्न उपहार पठाउन सकिन्छ ।

केक टु नेपालले काठमाडौं उपत्यकासहित पोखरा,चितवन,धरान,बुटवल र नेपालका प्रमुख शहरहरुमा होम डेलिभरी सेवा उपलब्ध गराउदै आएको छ ।

 

केक टु नेपालको अफिसियल वेवसाइट वा फेसबुक पेज Cake To Nepal मा गएर प्याकेज र मूल्यका बारेमा जानकारी लिन सकिनेछ । यस वर्षको रक्षाबन्धन साउन ३० गते अर्थात अगस्ट १५ तारिखमा परेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments