मेलबर्न । अष्ट्रेलियाको मेलबर्न शहरले विद्यार्थीका लागि विश्वकै तेस्रो उत्कृष्ट शहरको स्थान पाएको छ । QS Best Student Cities Rankings ले सार्वजनिक गरेको सूचीमा मेलबर्न तेस्रो स्थानमा आएको हो ।

QS Best Student Cities Rankings ले २०१९ का विश्वका उत्कृष्ट शहरको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा पहिलो स्थानमा बेलायतको लन्डन, दोस्रोमा जापानको टोक्यो शहर र तेस्रोमा अष्ट्रेलियाको मेलबर्न शहर आएका छन् । शहरमा विद्यार्थीहरुको संख्या, युनिभर्सिटीको संख्या तथा गुणस्तरीयता, रोजगारीको अवसर, जीवनशैली र महंगी, सुरक्षा, विद्यार्थीहरुको अनुभव आदिको आधारमा सूची तयार गरिएको बताइएको छ ।

उक्त सूचीमा मेलबर्न पछि अष्ट्रेलियाको सिड्नी शहर नवौं स्थानमा, ब्रिसबेन २२ औं, क्यानबेरा २३ औं, एडलेड २६ औं, पर्थ ४१ औं र गोल्ड कोस्ट ८४ औं स्थानमा आएका छन् । Source : www.topuniversities.com

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments