काठमाडौं । निजी तथा सरकारी हवाई सेवा प्रदायक कम्पनीले पाइलट अभाव झेलिरहेका बेला पाइलट उत्पादन गर्ने लक्ष्यसहित सरकारले फ्लाइङ स्कुल स्थापना गर्ने भएको छ ।

नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालमा नै फ्लाइङ स्कुल स्थापना गर्ने योजना रहेको बताउनुभयो ।

बुधबार सिंहदरबारमा आयोजित पत्रकार भेटघाटमा मन्त्री भट्टराईले स्वदेशमा नै पाइलट उत्पादन गर्ने लक्ष्य साथ सरकारले फ्लाइङ स्कुल स्थापना गर्ने अवधारणा रहेको प्रष्ट पार्नुभयो ।

Comments

comments