मेलबर्न । नेपाली मूलका व्यवसायी शेष घले यो वर्ष अष्ट्रेलियाको ८५औं धनी व्यक्ति बनेका छन् । करिब १० वर्षदेखि अष्ट्रेलियाका धनीहरूको सूचीमा नामांकित हुँदै आएका उनी अष्ट्रेलियामा पहिलो नेपाली बिलिनेयर हुन् ।

तमु समाज भिक्टोरियाले तिनै सफल व्यवसायी शेष घलेसंगको अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । उक्त ‘How To Build Wealth’ कार्यक्रम आगामी अगस्ट १८ मा हुने बताइएको छ । कार्यक्रम बिहान १०:३० देखि दिउँसो १२ बजेसम्म संचालन हुनेछ ।

आयोजकका अनुसार, कार्यक्रममा सहभागिताको लागि तमु समाज भिक्टोरियाका सदस्यले नि:शुल्क प्रवेश पाउनेछन् । अन्यले भने ३० डलर शुल्क तिर्नुपर्नेछ र त्यही शुल्क बापत एक वर्षसम्मको लागि सदस्यता समेत प्राप्त गर्न सकिनेछ ।

 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments