एजेन्सी । आफ्नी छोरी जस्तै बनेर जेलबाट भाग्न खोज्ने एकजना कैदी पक्राउ परेका छन् । ब्राजिलको कुख्यात ग्याङ्गका लिडर पक्राउ परेका हुन् ।

क्लाविनो द सिल्भा नाम गरेका ती कैदीले आफूलाई जेलमा भेट्न आउने छोरीको भेष धारण गरेका थिए । उनले १९ वर्षिया छोरी जस्तै देखिनको लागि मास्क, नक्कली कपाल, गुलाबी रंगको टिसर्टर टाइट जिन्स पाइन्ट लगाएका थिए । तर जेलबाट निस्कने क्रममा उनी नर्भस देखिएपछि अधिकारिहरुले शंका गरेर उनलाई पक्राउ गरेका थिए ।

भाइरल भइरहेको उक्त घटनाको भिडियोमा ती कैदीले आफ्नो मास्क, र छोरीको लुगा खोल्दै गरेको देख्न सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments