मेलबर्न । अष्ट्रेलियामा इच्छामृत्युको कानून बनेको छ । जुन कानून अनुसार, व्यक्तिले आफ्नो चाहना अनुसार मृत्युवरण गर्न सक्छन् । यसको लागि मृत्युवरणको लागि निवेदन पेश गरेपछि किन अर्थात् के कारणले मृत्युवरण गर्न चाहेको हो र कानुनमा उल्लेख गरीए अनुसार उक्त व्यक्तिलाई मृत्युवरण गर्ने अनुमति छ / छैन भन्ने जांचबुझ गरेर मात्र मृत्युवरणको प्रक्रिया अगाडी बढ्छ ।

६१ वर्षीय महिला भिक्टोरिया राज्यमा यो कानून अनुसार मृत्युवरण गर्ने पहिलो व्यक्ति बनेकी छिन् । केरी रोबर्टसन् नाम गरेकी ती महिलालाई २०१० मा स्तन क्यान्सर भएको थियो । त्यसयता किमोथेरापी र विभिन्न उपचार पद्धति अपनाउँदा पनि उनलाई ठीक भएन । पछिल्लो समय उनी झन् बढी बिरामी भइन् । डाक्टरहरुका अनुसार उनको दिमाग, हड्डी र फोक्सोमा समेत गहिरो असर देखियो ।

दुखाई बढ्दै गएको र किमोथेरापीको पनि नकारात्मक असर देखिएकोले उनले गत मार्च देखि कुनै पनि उपचार नगर्ने निर्णय गरेकी थिइन् । त्यसपछि उनले इच्छामृत्यु अंगालीन् । केरीको इच्छामृत्युको क्रममा उनका दुई छोरीले केरीले चाहेका कुरा पुराइदिने हर प्रयास गरेका थिए ।

Source : 7 News 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments