काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले २१ जिल्लाका एनसेलका कम्तीमा ३५ टावरमा आक्रमण गरेका छन् ।

टावरमा बुधबार राति र बिहीबार बिहान भएको आक्रमणपछि कतिपय स्थानमा टेलिफोन सेवा अवरुद्ध भएको छ ।
नेकपाले भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ ओख्रेको डाँडाखर्कमा रहेको एनसेल टावरको सोलार प्यानल तोडफोड गरेको छ ।

नेकपा कार्यकर्ताले मोरङको पथरीशनिश्चरे नगरपालिका–६ मंगलबारेस्थित एनसेल टावरमा बुधबार राति आगजनी गरेको छन् । टावरमा ब्याट्रीको पावर सप्लाई गर्ने पावर प्वाइन्टमा क्षति पुगेको डीएसपी लक्ष्मीराज अधिकारीले बताए ।
यस्तै नेकपा कार्यकर्ताले धादिङका तीन ठाउँमा ३ वटा टावरमा आगजनी गरेको छ ।

नुवाकोट, मकवानपुर,सिन्धुपाल्चोक, कपिलवस्तु, बागलुङ, अर्धाखाँची लगायतका जिल्लामा विप्लव समूहका कार्यकर्ताले एनसेल टावरमा आगजनी गरेको प्रहरीले जनाएको छ । घटनाको सम्पूर्ण जिम्मा विप्लव समूहले लिएको छ ।, अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments