काठमाडौं । नेपाली सांगीतिक बजारमा केही दिन देखि ‘घाँटी भन्दा तल’ गीत चर्चामा छ । स्थापित भनिएका कलाकारको गायन र अभिनय रहेको उक्त गीत आलोचनाका कारण चर्चामा आएको हो ।

गायक आर्जन पाण्डेको उक्त गीतको म्युजिक भिडियोमा नायिका, मोडल तथा उद्घोषकको रुपमा आफ्नो परिचय बनाएकी रिमा विश्वकर्मा र गायक अर्जुन पाण्डेको अभिनय रहेको छ ।

युट्युबको भिडियो कमेन्ट देखि सामाजिक संजालमा समेत यो गीतको तिव्र आलोचना भएको छ । गीतका शब्दले महिलाहरुको अपमान गरेको तथा महिलालाई वस्तुको रुपमा देखाइएको भन्दै दर्शक, सामाजिक अभियान्ता, साहित्यकार देखि कलाकारहरुले समेत आलोचना गरेका छन् ।

अभिनेता तथा निर्माता निर्मल शर्माले आफ्नो छोराहरुले यो गीत नगाउन् भन्ने कामना सहितको पोस्ट राखेका छन् । केहीले बौद्धिक भनेर चिनिएकी रिमा विश्वकर्माले यो गीतमा अभिनय गर्नु भनेको लज्जास्पद र दुखदायी भएको बताएका छन् ।

 

Comments

comments