मेलबर्न । चर्चित लोकगायक पशुपति शर्माको ‘अष्ट्रेलिया काण्ड’ सार्वजनिक भएको छ ।

अष्ट्रेलिया र नेपालमा रहेका प्रेमी र प्रेमिका बीचको कुरालाई गायक पशुपतिले गीतमा उतारेका हुन् । गीतमा डिपेनडेन्ट भिसामा अष्ट्रेलिया लैजान्छु भन्दै प्रेमी अष्ट्रेलिया गएपछिको कथा समेटीएको छ ।

‘अष्ट्रेलिया काण्ड’ तीज गीतमा गायक पशुपति शर्माकै लय शब्द रहेको छ । गीतमा पशुपति संगै गायिका सम्झना भण्डारीले स्वर दिएकी छिन् । गीतको म्युजिक भिडियोमा पशुपति शर्मा र सम्झना भण्डारी संगै दिपाशा बिसी र बबिन ठकुरीको अभिनय रहेको छ । म्युजिक भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका छन् भने दीपक विष्टले सम्पादन गरेका छन् ।

Comments

comments