काठमाडौं । मनाङमा विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको नयाँ ताल फेला परेको छ ।

जिल्लाको लमजुङ कैलाश (लमजुङ हिमाल) बेसक्याप नजिकै रहेको उक्त ताल ५ हजार २ मिटर उचाइमा रहेको मनाङस्थित सशस्त्र प्रहरीको ३२ नम्बर गुल्म चोमेका इन्स्पेकटर बाबुराम लम्सालले बताउनुभयो । अहिलेसम्म सर्वाधिक उचाइमा रहेको मान्दै आएको नेपालकै तिलिचो ताल ४९१९ मिटरमा अवस्थित रहेको छ ।

गुगल म्यापमा तालको नाम ‘कजिन सारा लेक’ लेखिएको छ।

त्रिकोण आकारमा रहेको ताल मनमोहक रहेको छ । यहाँ पुग्न सदरमुकाम चामेदेखि दुईदिन पैदल हिड्नुपर्छ ।

Please follow and like us:

Comments