मेलबर्न । नेपाली विद्यार्थी रोशन लामिछाने ६ महिना अगाडी मात्र अष्ट्रेलिया आएका थिए । काम खोज्ने क्रममा उनले सानोतिनो काम पाएतापनि आफूलाई खर्च पुग्ने जति सम्म पनि कमाउन सकिरहेका थिएनन् । यसै अवस्थामा उनी बिरामी परे ।

एक हप्ता अगाडी रोशन लामिछानेलाई इमर्जेन्सीमा भर्ना गर्नुपर्ने अवस्था आयो । उनलाई रोयल मेलबर्न हस्पिटलमा इमर्जेन्सीमा भर्ना गरियो । उनलाई ४ दिन आइसीयुमा राखिएको थियो । डाक्टरहरुले उनलाई डाइबेटिज ( Diabetes Mellitus Type 1(T1D) ) भएको बताए । केही हप्तामा नै उनको शरीरको तौल २८ केजी घटेको छ भने उनले जीवनभर हरेक दिन खाना खानुभन्दा अगाडी इन्सुलिन लिनुपर्नेछ ।

लामिछानेको औषधि उपचार अष्ट्रेलियामा महँगो परिरहेको छ । उनी अष्ट्रेलियामा रहेर अहिले काम गर्नसक्ने अवस्थामा पनि छैनन् । उनकी आमा पनि यो सबै खर्च उठाउनसक्ने अवस्थामा हुनुहुन्न । उनलाई अब नेपाल पठाईदैछ । त्यसैले सम्पूर्ण नेपालीहरुलाई उनको सहयोगको लागि अपिल गरिएको छ ।

Account Name: Prabin Ghimire
BSB: 063135
Account Number: 10735135
Alternatively, you can also make your donation to this mobile number:
0475022708

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments