मेलबर्न । अष्ट्रेलियावासी नेपाली दिदीबहिनीहरुले आउंदै गरेको हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रमको आयोजना गरेका छन् । दिदीबहिनी समाज भिक्टोरियाले उक्त तीज विशेष कार्यक्रम २०१९ को आयोजना गरेको हो ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि कार्यक्रमबाट संकलन भएको रकमले नेपालका हिंसा पिडित दिदीबहिनीलाई सहयोग गरिने समाजकी अध्यक्ष जमुना पराजुलीले बताउनुभएको छ । कार्यक्रमको उद्धेश्य बारे उहाँ भन्नुहुन्छ, ” दिदीबहिनी समाजको तीज कार्यक्रम विशुद्ध मनोरंजन मात्र नभई विशेष उद्देश्य सहितको कार्यक्रम हो । हामीले आयोजना गरेको तीज कार्यक्रमबाट विगतका वर्षमा नेपालको मध्ये पश्चिममा बलात्कारमा परेका या अन्य हिंसामा परेका महिलाहरुको सहयोग गर्दै आएका छौं । यस वर्ष पनि हामीले उक्त सहयोगलाई निरन्तरता दिनेछौं । सम्बन्धित महिलाको लागि कानुनी कामकारबाही, औषधी उपचार आदिको लागि रकम दिइदै आएको छ । यसको लागि हामीले स्थानिय गैर सरकारी संस्था आवाजसंग सहकार्य गरिरहेका छौं ” ।

उक्त तीज विशेष कार्यक्रममा यो वर्ष लोकप्रिय गायक गायिका संजिव पराजुली र टीका प्रसाईको प्रस्तुति रहनेछ । त्यस्तै कार्यक्रममा यसपाली आमा-छोरीको जोडी नाच समेत प्रस्तुत हुने अध्यक्ष पराजुली बताउनुहुन्छ । उहाँ थप्नुहुन्छ, ” नेपाली संस्कृति, अपनत्व र सद्भाव नयाँ पुस्तामा पनि रहोस् । त्यस्तै, तीजको सांस्कृतिक महत्वलाई नयाँ पुस्ताले बुझुन् भन्ने उद्देश्यले हामीले आमा-छोरी जोडी नाचको प्रस्तुतिहरु राख्ने निर्णय गरेका हौँ “। यी प्रस्तुतीहरुसंगै नाचगान तथा रमाइलो गर्नको लागि उपस्थित भइदिन उहाँले सबै दिदीबहिनीलाई आग्रह गर्नुभएको छ ।

उक्त तीज विशेष कार्यक्रममा साडी तथा गहना स्टल, खाना स्टल समेत रहनेछन् । कार्यक्रम २४ अगस्टमा Preston Town Hall मा हुनेछ । सहभागिताको लागि प्रवेश शुल्क १५ डलर राखिएको छ ।

 

 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments