काठमाडौं । कवि गोपालप्रसाद रिमालले लेखेको कालजयी कविता ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’लाई अम्बर गुरुङले लामो समयपछि वीर रसमा संगीतवद्ध गरेर राष्ट्रिय गीतका रुपमा तयार पारेका थिए । अब यो गीत म्युजिक भिडियोमा समेत देख्न सकिने भएको छ ।

पछिल्लो समय यस गीतलाई सांगीतिक ब्याण्ड ‘नेपथ्य’ले आफ्नै सांगीतिक एरेन्जमेन्टमा गाउँदै आएको छ । संगीतकार एवं गायक अम्बर गुरुङबाट यस गीतलाई गाउने आधिकारिक अनुमति प्राप्त गरेपछि नेपथ्यले यस गीतलाई आफ्नो एल्बममा समेत समावेश गरेको थियो । गीतलाई आधुनिक संगीतमा ढालेर गाइएपछि युवापुस्तामाझ समेत यो गीत निकै लोकप्रिय भएको छ ।

यसै गीतलाई नेपथ्यले म्युजिक भिडियोको रुपमा ल्याएको छ । भिडियोमा नेपथ्यको कन्सर्ट र त्यसमा आएका दर्शकहरुको उत्साहका दृश्यलाई समावेश गरिएको छ । गीतका शब्दहरु समेत राखेर तयारि पारिएको भिडियो सार्वजनिक भएको केही समयमै धेरैको मनमा बस्न सफल भइरहेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments