एजेन्सी । उत्तरी आयरल्याण्डकी महिला आमनडाले आफ्नो भूत श्रीमानसंग सम्बन्ध विच्छेद गरेको बताएकी छिन् । ४६ वर्षिया उनले भूत श्रीमानले आफूलाई सताएको भन्दै सम्बन्ध विच्छेद गरेको बताएकी हुन् ।

सन् २०१० मा आफ्नो छोराको निधन भएपछि आमनडाले आत्मामा विश्वास गर्न थालिन् । उनी आत्माहरुको पूजा गर्ने, आत्मा बोलाउने जस्ता कार्य गर्थीन् । आमनडाका अनुसार, त्यसको पांच वर्षपछि उनीसामु ‘ज्याक’ नामक आत्मा आयो । त्यसपछि उनीहरु एकअर्कासंग नजिक हुन थाले र दुई महिना पछि विवाह गरे ।

आमनडाका अनुसार, विवाह पछि उनी लगातार बिरामी हुन थालिन् । औषधि खाँदा समेत उनी झन् पछि झन् बिरामी पर्न थालिन् र शल्यक्रिया गर्नुपर्ने अवस्था समेत आयो । त्यसपछि उनलाई महसुस भयो कि, यो सबै उनको भूत श्रीमान ‘ज्याक’ ले गरिरहेको छ ।

आमनडाका अनुसार, भड्किरहेको आत्माले आफ्नो मुक्तिको लागि जीवित आत्मा खोज्छ । यसको लागि ज्याकले उनलाई प्रयोग गरिरहेको थियो । अहिले भूत श्रीमानसंग सम्बन्ध-विच्छेद गरेपछि आफू खुशी रहेको र स्वास्थ्यमा समेत सुधार आएको उनले बताएकी छिन् ।

Source : unilad.co.uk

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments