मेलबर्न । अष्ट्रेलियामा विवाह गर्ने जोडीले विवाह दर्ता गर्न अनिवार्य छ । विवाहित जोडीहरुले निर्धारित समयभित्र तोकिएको प्रक्रियाहरु पूरा गरेर विवाह दर्ता गराउनुपर्छ । यसका लागि लाग्ने शुल्क भने सामान्य नै रहेको छ ।

अष्ट्रेलियामा विवाह दर्ता गर्ने प्रक्रियाबारे तल उल्लेख गरिएको छ :

-विवाह सम्पन्न भएको सामान्यतया १४ दिन भित्रमा दर्ता गरिसक्नुपर्छ । यसको लागि सम्बन्धित राज्यको नियम बुझ्नुपर्छ ।

-समयमा विवाह दर्ता गराउन नसकेमा तुरुन्त दर्ता कार्यालयमा सम्पर्क गर्नुपर्छ ।

-दर्ता भईसकेपछि विवाह दर्ताको प्रमाणपत्र प्राप्त गर्न सकिन्छ ।

-विवाह दर्ताको सामान्य प्रमाणपत्रको लागि ६० डलर शुल्क लाग्छ ।

-विवाह दर्ताको सामान्य प्रमाणपत्र सहित सम्झनारुपी (कोमेमोरेटिभ) प्रमाणपत्र लिनको लागि ८७ डलर शुल्क लाग्छ ।
यसमा प्रायोरेटी प्रोसेसिङ्ग स्वरुप २८ डलर जोड्न सकिन्छ ।

-कोमेमोरेटीभ सर्टिफिकेट विभिन्न ६ डिजाइन र विभन्न रंगमा हुन्छन् । आफ्नो चाहना अनुसार रोज्न सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments