मेलबर्न । अष्ट्रेलियामा बस्ने नेपालीहरुले आफ्नो संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धनको लागि नेपाली चाडपर्वलाई उल्लासका साथ मनाउने गर्छन् । सबै मिलेर एकैसाथ मनाउनको लागि चाडपर्वको अवसरमा विभिन्न कार्यक्रमको आयोजना समेत गर्ने गर्छन् । यसैक्रममा अष्ट्रेलियावासी नेपालीले आउंदै गरेको नेपाली हिन्दुहरुको पर्व हरितालिका तीजको अवसरमा विभिन्न कार्यक्रमको तयारि गरिरहेका छन् ।

तीजकै अवसरमा मेलबर्नमा ‘तीज साँझ २०१९’ को तयारि चलिरहेको छ । मेलबर्न नेप्लिज कम्युनिटी वेस्टले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

तीज साँझ २०१९ लाई अझ रमाइलो र भव्य बनाउनको लागि लोकप्रिय कलाकारहरु राधिका हमाल, राजेन्द्र कंडेलको प्रस्तुति रहने छ । कार्यक्रममा डिजे, खाना, फोटोग्राफी र फेस पेंटिंग समेत रहने आयोजकले बताएका छन् ।

कार्यक्रम आगामी अगस्ट १७, शनिबारको दिनमा वेरेवीको बेप्टिस्ट चर्चमा हुनेछ । आयोजकका अनुसार, कार्यक्रममा विद्यार्थी तथा नेपालबाट भेटघाटको लागि आउनुभएका अभिभावकलाई नि:शुल्क प्रवेशको व्यवस्था रहेको छ । अन्यको लागि भने प्रवेश शुल्क ५ डलर लाग्नेछ ।

तीज साँझ २०१९ लाई ग्रेस इन्टरनेशनल कन्सल्टेन्सीले मूख्य प्रायोजन गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments