एजेन्सी । इंग्ल्याण्डका कप्तान इयोन मोर्गनले जसरी विश्वकप २०१९ को समापन भयो त्यो उचित नभएको बताएका छन्। आयोजक इंग्ल्याण्डले बाउण्ड्रीको आधारमा न्यूजिल्याण्डलाई पराजित गर्दै पहिलो पटक विश्वकप क्रिकेटको उपाधि उचालेको थियो।

फाइनलमा निर्धारित ५० ओभर र सुपर ओभरमा पनि दुवै टीमको स्कोर बराबर भएपछि आईसीसीले बाउण्ड्रीको आधारमा विजेता घोषणा गरेको थियो।

‘द टाइम्स’ का अनुसार मोर्गनले भनेका छन्,‘दुवै टीमको प्रतिस्पर्धा बराबरको थियो। दुवै टोलीबीच एकदमै कम अन्तर भएपछि त्यसरी उपाधिको फैसला गर्नु उचित थियो भन्ने मलाई लाग्दैन।’

‘म त्यहाँ थिएँ र के भयो भन्ने मलाई थाहा छ। तर म औंला उठाएर खेल जितियो कि हारियो भन्न सक्दैन थिएँ’, मोर्गनले भनेका छन्,‘ खेलमा कुनै पनि यस्तो पल थिएन जहाँ हामी जितका हकदार हौँ ।’

Comments