मेलबर्न । अँग्रेजी भाषा अहिले विश्वका जुनसुकै मुलुकमा अपरिहार्य जस्तै बनिसकेको छ । विश्वव्यापी रुपमा साझा मान्यता पाएको भाषा अँग्रेजी मात्र हो ।

त्यसैले अझ विशेष गरेर अध्ययनका लागि विदेशमा जाने विद्यार्थीहरुका लागि अँग्रेजी भाषा अनिवार्य हुन्छ । अष्ट्रेलियामा पनि अँग्रेजी भाषा अनिवार्य गरिएको छ । यसका लागि आईएलटिएस परीक्षामा राम्रो अंक ल्याउन आवश्यक छ । तल उल्लेख गरिएका केही सामान्य कुराहरुमा ध्यान दिन सके आईएलटिएस परीक्षामा राम्रो स्कोर ल्याउन सकिन्छ :

सुनाइ (लिसनिङ)

–स्पिकरको माध्यमबाट जति सक्दो धेरै सुन्ने अभ्यास गर्नुहोस् ।
–सुन्दै जाँदा स्पिकरले केहि समय अगाडि बोलेको कुरा सम्झने प्रयास नगर्नुहोस् ।
–सुन्दै गर्दा स्पिकरबाट त्यो समयमा जुन शब्द आईरहेको छ त्यसमा मात्र ध्यान दिनुहोस् ।
–सुरुदेखि अन्तिम सम्म एकाग्र भएर सुन्नुहोस् ।

पढाइ (रिडिङ)

–जति सक्दो धेरै अंग्रेजी किताबहरु पढ्नुहोस् ।
–किन, कसरी, कति जस्ता शब्द आउँदा पुरै प्रश्नमा विशेष ध्यान दिनुहोस् ।
–प्रत्येक शब्दको अर्थ खोज्ने प्रयास गर्नुहोस् ।
–शब्दको अर्थ बुझेर पढ्दा पढ्ने गति बढ्छ ।

लेखाइ (राइटिङ)

–सही तर साधारण शब्द वा वाक्यहरु प्रयाप्त हुँदैन, नयाँ शब्दहरु खोज्ने बानि बसाल्नुहोस् ।
–कमा, फुलस्टप जस्ता चिन्हहरुमा ध्यान दिनुहोस् ।
–वाक्यलाई सकेसम्म लामो नबनाउनुहोस् ।
–लेख्ने गति बढाउनुहोस् ।

बोलाई (स्पिकिङ )

-अंग्रेजी चलचित्र हेर्ने, गीत र समाचार सुन्ने बानी बसाल्नुहोस् ।
–आफ्नो बारेमा, समसायिक विषयवस्तुको बारेमा अंग्रेजीमा बताउने अभ्यास गर्नुहोस् (एक्लै अभ्यास पनि गर्न सक्नुहुन्छ) ।
–बोल्ने अभ्यास गर्दा साधारण शब्द र शैलीमा बोल्न थाल्नुहोस् ।
–बीचमा बोल्दा बोल्दै रोकिने, अक्मकाउने बानि नगर्नुहोस् ।
–साथीसंग अंग्रेजीमा कुराकानी गर्ने अभ्यास गर्नुहोस् ।

Photo source : touchstoneedu.com

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments