उत्तर र दक्षिण कोरियाका सुरक्षा फौजबीच सिमा क्षेत्रमा झडप भएको छ ।

दुवैतर्फका सेनासंग भारी हातहतियार रहेको सिमाक्षेत्रमा उत्तरका सेना सिमारेखा नजिकै पुगेपछि दक्षिणतर्फबाट चेतावनीयुक्त फायरिङ्ग भएको थियो ।
लगत्तै उत्तरका सेनाले जवाफी फायरिङ्ग गरेपछि त्यहाँ झण्डै १० मिनट तनावपूर्ण स्थिती बनेको बिबिसीले जनाएको  छ । सो घटनामा कुनै क्षतिको विवरण भने सार्वजनिक भएको छैन । बढ्दो तनाव मत्थर गर्न गत साता दुवै फौजबिच सिमावर्ती एउटा गाउमा वार्ता भएपनि कुनै सहमति हुन सकेको थिएन |

Comments

comments