सिड्नी । अष्ट्रेलियामा नेपाली हिन्दु समाजको आयोजनामा श्रीमद भागवत ज्ञान महायज्ञ सम्पन्न भएको छ । गत जुलाई १४ मा आयोजित महायज्ञ सिड्नीको रिजेन्न्ट्स पार्कमा सम्पन्न भएको हो ।

हिन्दु समाज अष्ट्रेलियाले हिन्दु मन्दिर स्थापना गर्ने उद्देश्यका साथ उक्त ज्ञान महायज्ञको आयोजना गरेको थियो । हिन्दु समाज अष्ट्रेलियाले हालसम्म आयोजना गरेका धार्मिक कार्यमध्ये यो पहिलो बृहत धार्मिक अनुष्ठान हो। एक हप्ता चलेको यो धार्मिक अनुष्ठानमा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो।

जगत् गुरु १००८ महायोगी वैष्णव डा।कृष्णदासजी महाराजले पानसमा दिप प्रज्वलन गरेर उक्त ज्ञान महायज्ञको विधिवत रुपमा सुरुवात गर्नुभएको थियो । महायज्ञमा प्रवचन दिंदै कृष्णदासजीले ज्ञानको खोजीबाट मानव जीवनमा सुख प्राप्त गर्न सकिने तथा यहाँंकोे आधुनिक व्यस्त जीवनलाई आध्यात्मिक ज्ञानले सुखी बनाउन सकिने बताउनुभयो। त्यस्तै, साई पण्डित कुवेर सुवेदीले भागवत वाचन गर्नुभएको थियो ।

ओमकार ध्वनीका मुकुन्द शर्माको आकर्षक प्रस्तुती तथा पण्डीत कुवेर सुवेदीको भागवत वाचन र स्थानीय पण्डित प्रकाश ढोडारीको संयोजनले भागवत सप्ताहको रौनक बढेको थियो। संयोजक पण्डित प्रकाश ढोडारीका अनुसार मन्दिर स्थापना संगै अष्ट्रेलियामा नेपाली हिन्दु संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धनको लागि महायज्ञको आयोजना गरिएको हो ।

कार्यक्रममा जगत् गुरु कृष्णदासजीबाट सिद्ध योग गरिनुका साथै अन्तिम दिन सामूहिक ब्रतबन्ध तथा गुन्युचोली लगायतका धार्मिक अनुष्ठान समेत सम्पन्न गरिएको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments