मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियामा बसोवास गर्दै आएका गुल्मेलीहरुको संस्था गुल्मी समाज भिक्टोरियाको तेस्रो वार्षिक अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष मणिरत्न सापकोटाको अध्यक्ष तथा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेल प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै, सल्लाहकार भिम लाल सापकोटा विशेष अतिथि रहनुभएको थियो । कार्यक्रम मेलबर्न स्थित Camberwell Curry House मा सम्प्पन्न भएको हो ।

आइतबार सम्पन्न उक्त अधिवेशनबाट नयाँ कार्यसमिति समेत चयन गरिएको छ । नयाँ कार्यसमितिको अध्यक्ष पदमा गान्धी प्रसाद भट्टराई चयन हुनुभएको छ । भट्टराईले संस्थाको यस अघिका दुई वटा कार्यकालमा सचिव पदमा रही जीम्मेवारी पूरा गर्नुभएको थियो । उहाँ अष्ट्रेलियामा रहने नेपाली समुदायमा सक्रिय व्यक्तित्व मानिनुहुन्छ । भट्टराईले भिक्टोरियावासी नेपाली समुदायले आयोजना गरेको महासप्ताह, नेपाली सामुदायिक भवन निर्माणको लागि अगाडी बढाएको अभियान लगायतका कार्यक्रममा सक्रिय रुपमा लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

गान्धी भट्टराई अध्यक्ष चयन हुनुभएको गुल्मी समाज भिक्टोरियाको नयाँ कार्यकालको उपाध्यक्षमा कृष्णप्रसाद चालिसे, सचिवमा प्रकाश अर्याल, सहसचिबमा वर्षा भण्डारी तथा कोषाध्यक्षमा राजन पोखरेल चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा रमेश अर्याल, रामहरी सापकोटा, माधव खरेल, दिनेश काफ्ले, नवीन भण्डारी र रामचन्द्र पोखरेल रहनुभएको छ ।

जनक राज गौतम र मणि रत्न सापकोटा संस्थापक सल्लाहकार रहने संस्थाको सल्लाहकार समितिमा नारायण प्रसाद चालिसे, लक्ष्मण सापकोटा, शिवलाल सापकोटा, लाल सिंह खत्री र डा संदेश पन्त रहने हुनुभएको छ । संस्थापक सल्लाहकार मणि रत्न सापकोटा संस्थाको यस अघिको कार्यकालमा अध्यक्ष पदमा रहनुभएको थियो । उहाँ हालै सम्पन्न एनआरएनए निर्वाचनबाट भिक्टोरियाको लागि स्टेट सह-संयोजकको पदमा चयन हुनुभएको छ ।

गुल्मी समाजमा अष्ट्रेलियामा बस्ने नेपालीहरु तथा नेपालमा विशेष गरि गुल्मी जिल्लाको हितको लागि विभिन्न कार्य गर्दै आएको छ । अध्यक्ष भट्टाराईले संस्थाले आफ्ना ती कार्यलाई निरन्तरता दिंदै अब थप प्रभावकारी रुपमा अगाडी बढ्ने बताउनुभएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments