मेलबर्न । नेपालमा बनेको गोल्डस्टार ब्राण्डका जुत्ताको शो रुम अष्ट्रेलियाको सिड्नीमा खुलेको छ ।

अधिकारिक शोरुम खुलेसँगै यहाँका नेपाली समुदायले स्वदेशी नेपाली उत्पादन गोल्डस्टार जुत्ताका विभिन्न मोडल खरीद गर्न पाउने भएका छन् ।

शनिवार एक कार्यक्रमकाबीच अष्ट्रेलियाको इतिहासमै संघीय संसदमा उम्मेदवारी दिएका दोस्रो पुस्ताका नेपाली लिबरल युवा नेता पीजे श्रेष्ठले गोल्डस्टार शोरुमको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा नेपाली समुदायका विभिन्न व्यक्तित्वहरु उपस्थित हुनुहुन्थ्यो ।

नेपाली व्यवसायीहरु प्रदीप साह सुडी,रइसराज सत्याल र रोशन कायस्थाले संयुक्त लगानीमा सिड्नीमा गोल्डस्टार जुत्ताको अधिकारिक शोरुम सञ्चालनमा ल्याउनुभएको हो । शोरुममा नेपालको प्रतिष्ठित किरण शुजले उत्पादन गरेका गोल्डस्टार ब्राण्डका सबै जुत्ता र चप्पल उपलब्ध रहेका छन् ।

Comments