काठमाडौं । शुक्रबारदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी ज्यान गुमाउने ६५ मध्ये ६४ को सनाखत भएको छ। पूर्वी तराई तथा मध्य तराईको पूरै क्षेत्रमा बाढी र काठमाडौं उपत्यका लगायत पहाडी क्षेत्रमा पहिरो खस्दा तथा पर्खाल भत्किदा सर्वसाधरणको मृत्यु भएको हो।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धारमा खटिएका ४० हजारभन्दा बढी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरूले २ हजार १ सय ५६ भन्दा बढीको सकुसल उद्धार गरिसकेको गृह मन्त्रालयले जनाएको छ ।

बाढी र पहिरोका घटनामा ज्यान गुमाउनेको सूची

Comments

comments