काठमाडौं । पहाडी भेगमा लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ ।

बिहीबार बिहान पानीको बहाव एक लाख २१ हजार र साँझ सात बजे एक लाख ६४ हजार १५० क्युसेक मापन गरिएको छ । शुक्रबार बिहानसम्म दुई लाख क्युसेक नाघ्ने अनुमान गरिएको छ । कोसी ब्यारेजका ५६ मध्ये २२ वटा ढोका खुला गरिएको कोसी नियन्त्रण शाखाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले कोसीको बाढीका कारण हालसम्म कुनै खतरा र क्षति नभएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पानीको बहाव अझै बढ्दै गए सतर्क र सुरक्षित रहन आग्रह गरेका छन् ।

१९६२ सालमा निर्माण भएको कोसी ब्यारेजमा निर्माणताका १२ लाख क्युसेक पानीको बहाव क्षमता थियो । तर बालुवा र ग्रेगर जम्मा भएका कारण अहिले एक लाख ५० हजार क्युसेक पानीको बहाव पुुगे खतराको संकेतस्वरूप पुलको दुवैतर्फ रातो झन्डा र रातो बत्ती बालेर खतराको संकेत गर्ने गरिएको छ ।

Comments