काठमाडौं । इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्ड फाइनल प्रवेश गरेको छ ।

म्यानचेस्टरमा बुधबार रोमान्चक बनेको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड उपाधि नजिक पुगेको हो ।ओल्ड ट्राफोर्डमा न्युजिल्याण्डले दिएको २४० रनको सामान्य लक्ष्य पछ्याएको भारत ४९ ओभर ३ बलमा अलआउट हुँदै २२१ रनमा समेटियो ।भारतका लागि रबिन्द्र जडेजा र महेन्द्र सिंह धोनीले अर्धशतकीय पारी खेलेपनि जित भने दिलाउन सकेनन् । भारतका लागी जडेजाले ७७ तथा धोनीले ५० रन बनाए ।बलिङ्ग तर्फ न्युजिल्याण्डका म्याट हेनरीले ३ विकेट लिए । यस्तै ट्रेण्ड बोल्ट र मिचेल स्टाननरले समान २÷२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २३९ रन बनाएको थियो । न्युजिल्याण्डका लागि रोस टेलर र कप्तान केन विलियम्सनले अर्धशतकीय पारी खेले । टेलरले ७४ तथा कप्तान विलियम्सनले ६७ रन बनाए ।भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए । जस्प्रित बुम्राह, हार्दिक पाण्ड्या, रबिन्द्र जडेजा, युजभेन्द्र चहालले समान १÷१ विकेट लिए । अब न्युजिल्याण्डले उपाधिका लागि अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग खेल्नेछ । साबिकको विजेता अष्ट्रेलिया र इंग्ल्याण्डबीचको दोस्रो सेमिफाइनल खेल विहीवार हुनेछ ।

Comments