काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

सोमबार दिउँसो ४ बजे मन्त्रिपरिषदको बैठक सकेर राष्ट्रपति भवन शीतल निवास पुगेका ओलीले फेरि मंगलबार बिहान ७ बजेका लागि बैठक बोलाएका हुन्।

मन्त्रीहरुलाई बालुवाटारमै खान खाने गरी आउन भनिएको छ। बैठकको एजेण्डा भने जानकारी गराइएको छैन।

Comments

comments