काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ एवं सांसद पम्फा भुसालले राज्य स्रोतबाट सञ्चालित पितृसत्तावादी संस्था खारेज गर्न माग गर्नुभएको छ ।

संघीय संसदको आइतबारको बैठकमा बिशेष समयमा बोल्दै भुसालले राज्य सञ्चालनको नयाँ व्यवस्थामा श्रीमानको हैसियतको आधारमा बनेका संस्था खारेज गर्नुपर्ने माग राख्नुभएको हो । अझैपनि मुलुकमा पितृसत्तावादी र सामन्ती परिपाटी विद्यमान रहेको भन्दै सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघ, प्रहरी परिवार श्रीमती संघ र निजामती कर्मचारी श्रीमती संघ लगायतका संस्था खारेज गर्नुपर्ने बताउँदै भुसालले श्रीमानका आधारमा श्रीमतीले सुविधा लिने व्यवस्थाको अन्त्य भइसकेको बताउनुभयो ।

राष्ट्रप्रमुख वा शासन प्रमुखसँग नाता गाँसेबापत नागरिक भन्दा माथि हुने र गणतन्त्रसँग मेल नखाने संस्था खारेज गर्नुपर्ने भुसालको तर्क थियो । राजधानी दैनिकमा समाचार छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments