काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार अपरान्ह भूकम्पको धक्का महशुस गरिएको छ।

अपरान्ह ४ बजेर १५ मिनेटमा भूकम्प गएको हो। भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमप्रसाद सापकोटाले बताउनुभयो ।

भूकम्प गएपछि मानिसहरु घरबाट बाहिर निस्केका थिए। भूकम्पसँगै उपत्यकामा भारी बर्षा भएको छ ।

२०७२ सालमा गोरखाको बारपाक केन्द्र बनाएर शक्तिशाली भूकम्प गएपछि परकम्पहरु आइराखेका छन्।

Comments